रमेश राज बाँस्तोला। विदेशी भूमिमा पाइला टेक्नेबित्तिकै नेपाली मनले एउटा नयाँ यात्रा मात्र सुरु गर्दैन, उसले आफैंभित्र गहिरो खोज पनि सुरु गर्छ,”म कसको छोरा हुँ ? मेरो देश कुन हो ? मेरो पहिचान के हो ? अनि जब त्यो नेपालीले डेनमार्क, नर्वे, थाइल्याण्डजस्ता आधुनिक, विकसित, स्थिर र खुसी राष्ट्र देख्दछ, तब एक गहिरो सत्य उसले महसुस गर्छ,राजसंस्था भनेको राष्ट्रको अभिभावक हो, स्थायित्वको मेरुदण्ड हो, र आत्मगौरवको केन्द्र हो।”
मेरा केही साथीहरू, मलाई तिमी लाई राजा ले के दिन्छन् र सधै राजा राजा भनेर हिड्दछौ भनेर सन् २०११/२०१२ प्रस्न गर्दथे अहिले ऊनीहरु पनि विदेस आयको छन् वल्ल भन्दछन् देस मा राजा चाहीदो रहेछ भनेर भन्ने गर्दछन् अनि जो पहिले युरोपतिरका देशहरूमा पुग्दा राजसंस्थालाई ‘बितेको युग’ भनेर हेर्थे, उनीहरू अहिले आफ्नै मुखले भन्छन्—“डेनमार्क र नर्वे वेल्जीयम युके स्वीडेन जस्ता मुलुक यति स्थिर र सुशासित किन छन्? यहाँको राजा किन यति सम्मानित छन्? यहाँको राजतन्त्र किन लोकतन्त्रसँग सहकार्य गर्दै देशको पहिचान बोक्ने काम गरिरहेको छ ?”
नेपाली राजसंस्था भनेको हाम्रो भूगोल मात्र होइन, हाम्रो सांस्कृतिक मियो हो। दुई ठूला राष्ट्रबीच अवस्थित नेपालजस्तो संवेदनशील राष्ट्रका लागि, राजसंस्था एउटा सन्तुलनकारी शक्ति पनि हो, र आवश्यक परेमा अन्तर्राष्ट्रिय दबाबसँग सिधा संवाद गर्न सक्ने ऐतिहासिक कूटनीतिक हैसियत पनि।
हामीले देखेका छौं—जब देश संकटमा पर्दछ, तब दलहरूले होइन, जनताले राजसंस्थालाई सम्झन्छन्। यो कुनै चमत्कार होइन, यो नेपाली चेतनामा गहिरो गाडिएको विश्वास हो—राजा भनेको केवल सिंहदरबारको कुर्सी होइन, राजा भनेको परम्परा, एकता र स्वाभिमानको प्रतीक हो।
विदेशमा बसेर जब हामीले आफ्ना मुलुकको इतिहास हेर्छौं, हामीले अरव रास्ट्र देखी बेलायतसम्मका उदाहरण देख्छौं, जहाँ राजसंस्था राष्ट्रको सन्तुलनकारी शक्ति र जनताको अभिभावक बनेको छ। त्यही दृष्टिले नेपाललाई हेर्दा—राजसंस्था नभएको नेपाल उखानको “घरको बुढा मरेपछि घर टुक्रिन्छ” भन्ने कथासरह लाग्छ।
त्यसैले आज विदेशी भूमिमा बसेका हामी नेपालीहरू खुलेर भन्छौं—राजसंस्था भनेको गौरव हो, त्यो रहनुपर्छ। त्यो युगानुकूल आधुनिक सोचसहित पुनःस्थापित हुनुपर्छ। जनताले चाहेको सन्तुलित राजतन्त्र—जहाँ राजा जनताको आत्मसम्मानको प्रतिनिधि हो, पार्टीको होइन।
एक पटक व्याक्तीगत स्वार्थ नहेरी सोचौ त राजसस्था हुदा देस को स्थान मा थियो र आज कहा छ । तेसैले अव सवै मिलेर देस मा राजसस्था पुनर्स्थापना को लागी अगाडी वढौ
प्रतिकृया