काठमाडौं। देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले जेनजी आन्दोलनको क्रममा एलएलआर हतियारमार्फत पोजिसन लिएर गतिविधि गर्ने ती युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने व्यक्ति सम्राट भनेर चिनिने राजु परियार हुन् । ललितपुर महानगरपालिका-१३ कुसुन्ती घर भएका ३६ वर्षीय परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।
प्रतिकृया