झापा/ ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको आयोजनामा दमकमा रामायण वाचन र कविता वाचनको प्रतियोगीतात्मक कार्यक्रम सम्पन्न भएको छ ।२१३ ओै भानु जयन्तीको अवसर पारेर गरिएको उक्त कार्यक्रममा रामायण वाचन तर्फ सरिता खनाल प्रथम, बिष्णु बराल द्वितिय,त्रिलोचन उप्रती तृतिय भएका थिए ।
यसरी नै कविता वाचन तर्फ गजेन्द्र घिमीरे प्रथम ,शुशीला अधिकारी द्वितिय, भगवती गीरी तृतिय भएका छन ।विजेता हरुलाई प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका शिक्षा समितिका अध्यक्ष कुबेर प्रसाद भट्टराईले पुरस्कार बितरण गरेका थिए। पुरस्कारको प्रायोजन कमलप्रसाद दहालको परिवार बाट गरिएको थियो ।
प्रतियोगीताको मुल्याङ्कन साहित्य कला सङ्गमका पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने,ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका वडा न८ का शाखा समिति अध्यक्ष ओमप्रसाद खनाल र साहित्यिक व्यक्तित्व गोपाल दहालको मुल्याङ्कन समितिले गरेको थियो ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
यसरी नै भानुभक्तको जीवनीको बारेमा सल्लाहकार सदस्य कमलप्रसाद दहालले स्पस्ट पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह सचिव उर्मिला भट्टराईले गरेकी थिईन ।
प्रतिकृया