झापा। कविको आँगन झापा र इलामका दुई दर्जन साहित्यकार मिलाएर बनेको एक साहित्यिक संस्था हो । यसको परिकल्पनाकार साहित्यकार भगवती ढुङ्गेल हुनुहुन्छ । हाललाई यस समूहमा २२ जना साहित्यकार मात्र रहने सर्त रहेको छ ।
यस साहित्यिक समूहको संयोजक साहित्यकार D P शर्मा हुनुहुन्छ । यसको सदस्य बनिन कविको आँगनले आयोजना गरेको लगातार तीनवटा कार्यक्रममा भागलिनु पर्छ तर कोटा पूर्ण भए यो नियम लागू हुँदैन ।
त्यसरी विनाजानकारी लगातार तीनवटा कार्यक्रममा सहभागी नभए स्वत: पदमुक्त भएको मानिने छ । जसको आँगनमा कार्यक्रम आयोजना गरिन्छ सोही घरमुली साहित्यकार सभापति बन्ने चलन छ ।
कविको आँगनको सातौँ शृङ्खला आज २०८३ वैशाख २६ गतेका दिन साहित्यकार बिन्दु दहाल मूकदर्शकको गृहनिवासमा सुसम्पन्न भयो । उक्त कार्यक्रमको सभापतित्व बिन्दु दहाल मूकदर्शकले गर्नुभएको थियो भने स्वागत मन्तव्य इन्दिरा खनालले गर्नुभएको थियो ।
कार्यक्रममा संयोजक डी पी शर्मा , भगवती ढुङ्गेल , तुलसीप्रसाद भट्टराई , गोपाल दहाल , दुर्गाप्रसाद सिग्देल , लक्ष्मीअच्यूत ढुङ्गाना , केसबहादुर राई , नुरज भट्टराई नदी , जयप्रसाद आचार्य , यादव अधिकारी झाँक्रीखोले ,जीवनहरि शर्मा ,मेघबन्धु खनाल , कृष्णप्रसाद मिश्र , इन्द्रप्रसाद कटुवाल , वीरेन्द्र खड्का , रामकुमार उपाध्याय हुनुहुन्थ्यो ।
कार्यक्रममा सुनाइएका कविताहरूको समीक्षा यादव अधिकारी झाँक्रीखोलेले गर्नुभएको थियो भने सञ्चालन भगवती ढुङ्गेलले गर्नुभएको थियो ।
प्रतिकृया