दमक। साहित्य कला सङ्गम दमक झापाले एक कार्यक्रमका बिच पुरस्कार अर्पण कार्यक्रम सम्पन्न गरेको छ । साहित्य कला सङ्गमले हरेक वर्ष प्रदान गर्दै आएको भवानी मिश्र अन्तराष्ट्रिय पुरस्कार भारत आसाम निवासी बरिष्ठ साहित्यकार मोहन सुवेदीलाई,भवानी मिश्र राष्ट्रिय पुरस्कार क्रमश साहित्यकारहरु बाशुदेव पाण्डेय सुर्खेत,खेम नेपाली सुनसरी ,राजेन्द्र संग्रौला झापा, वीरेन्द्र थोक्लिहाङ झापा,साहित्य कला श्री पुरस्कार प्रा.डा. गोपाल भण्डारी झापा, तुलसा देवी स्मृति पुरस्कार प्रा.डा. भीम खतिवडा सुनसरी,रुद्र निरौला स्मृति पुरस्कार साहित्यकार मेघराज तिम्सिना दमक,चन्द्र वीर स्मृति पुरस्कार साहित्यकार मिना अधिकारी बिर्तामोड,लाई प्रदान गरिएको थियो ।
यी पुरस्कारहरु भवानी मिश्र , साहित्य कला श्री र तुलसा देवी स्मृति पुरस्कार नगद रु ३५०००/- सहित सम्मान पत्र र रुद्र निरौला स्मृति पुरस्कार रु १५०००/- सहित सम्मान पत्र र चन्द्रवीर स्मृति पुरस्कार रु १११११/- सहित सम्मान पत्रबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्य चौतारी बिर्तामोडका अध्यक्ष देवीभक्त श्रेष्ठ,कोशी साहित्य परिषदका अध्यक्ष केशु बिरही,उर्जाशिल साहित्य कला परिषद झापाका अध्यक्ष डि पि शर्मा,साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डे,सम्मानित व्यक्तित्वहरु मोहन सुवेदी,बाशुदेव पाण्डे, प्रा.डा. भिम खतिवडा,खेम नेपाली,मिना अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसरी नै उक्त कार्यक्रममा अतिथि रचना वाचन समेत गरिएको थियो ।रचना वाचन गर्ने साहित्यकारहरु लक्ष्मी अच्यत ढुङ्गाना भद्रपुर झापा, नदी भट्टराई ईलाम,भवानी खतिवडा धरान ,नवराज नवशिला मोरङ्ग, सुनिता निरौला काठमाण्डौ,श्री पोखरेल सुनसरी रहेका थिए ।कार्यक्रममा सङ्गमकी उपाध्यक्ष चन्द्रा गडतौलाको साङ्गितीक समुहले सुन्दर गीत प्रस्तुत गरेका थिए ।
बरिष्ठ साहित्यकार प्रा.डा .गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको उक्त पुरस्कार अर्पण कार्यक्रमको अध्यक्षता साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शकले गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।
करिव दुई सय भन्दा बढी साहित्यकारहरु उपस्थित भएको उक्त कार्यक्रममा साहित्य कला सङ्गमले प्रकाशन गर्ने वार्षिक मुख पत्र “सङ्गम”को लोकार्पण समेत गरिएको थियो ।
प्रतिकृया