दमक। ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक-८ ले ज्येष्ठ माता सम्मान कार्यक्रम एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेको छ ।
दमक -८ मा बसोबास गर्ने १० जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ माताको रुपमा सम्मान गरिएको हो ।सम्मानित हुने ज्येष्ठ माताहरुमा तिलरुपा शिवाकोटी, मनमाया आचार्य, देवीमाया तामाङ्ग, हिमादेवी सिटौला, चन्द्रकला खतिवडा ,श्याम कुमारी खड्का , नरमाया घिमीरे, नरमाया दंगाल , उमादेवी पराजुली,कमला देवी भण्डारी रहेका छन।
सम्मानित हुनेहरुलाई प्रमुख अतिथि दमक न पा वडा न ८ का वडा सदस्य हरिमाया चुडाल, जेष्ठ नागरिक प्रतिष्ठानका केन्दिय अध्यक्ष दुर्गाप्रसाद पौडेल,केन्दिय सल्लाहाकार सह संयोजक डोयना दहाल,शाखा समितिका अध्यक्ष ओमप्रसाद खनाल लगायतले माला दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।
साथै यातायात खर्च बापत जनहि रु ५००/-का दरले नगद
समैत उपलब्ध गराईएको थियो । जेष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक -८ का अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका केन्दिय उपाध्यक्ष शिवप्रसाद काफ्ले, केन्दिय सदस्य रुद्र बहादुर खड्का केन्दिय लेखा संयोजक कृष्ण थापा जनप्रतिनिधि वडा नं ८ का वडा सदस्य खेम बहादुर श्रेष्ठ सामाजिक व्यक्तित्वहरु हरि प्रसाद न्यौपाने,प्रेमप्रसाद दगालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सामाजिक व्यक्तित्वहरु शारदा उपाध्याय, नरेन्द्र दहाल ,अर्जुन कुमार श्रेष्ठ,होमा खनाल , पंकज दहाल लगायत शाखा समितिका पदाधिकारीहरु उपाध्यक्ष अर्जुन प्रसाई, कोषाध्यक्ष हरिप्रसाद खतिवडा,सदस्यहरु जगन्नाथ गोश्वामी र लोकनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन शाखा समितिका सचिव तारानाथ भट्टराई ले गरेका थिए
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक-८ ले हरेक बर्ष माता तिर्थ ओैशीको अवसर पारेर १०/१० जना ज्येष्ठ माताहरुलाई सम्मान गर्दै आएको छ ।
प्रतिकृया