काठमाडौँ। यहाँको नक्शाल स्थित होटल मेरियटमा मध्यराती प्रहरी प्रवेश गरी उन्नत लोकतन्त्र पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेजी गर्न एमसीसीकी उपाध्यक्ष फातिमा सुमार मार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाउन खोजिएको विरोध पत्र दिन रोक्दै पक्राउ गरिएको सो पार्टीका अध्यक्ष स्वागत नेपालले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिनुभएको छ ।
त्यस्तै सो क्रममा समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि पनि प्रहरीले आक्रमण गरेको छ ।
प्रतिकृया