दमक। झापाको दमकमा कृयाशिल साहित्यिक संस्थाहरु साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकले संयुक्त रुपमा तेजपुर आसामका साहित्यकार ज्ञान बहादुर क्षत्री सगको स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्य कला सङ्गमको कार्यलय दमकमा भएको उक्त साहित्यिक भेटघाट कार्यक्रममा साहित्य कला सङ्गम र प्रतिभा निकेतनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
बरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराईको समन्वयमा भएको उक्त भेटघाट कार्यक्रममा साहित्यकला सङ्गमका पदाधिकारीहरु अध्यक्ष बिन्दु दहाल मुकदर्शक ,पुर्व अध्यक्षहरु नरपति पाण्डे र विष्णु न्यौपाने,सल्लाहकार हेमनाथ अधिकारी, उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल ,सह सचिव मेघनाथ बन्धु ,कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी,लगायत प्रतिभा निकेतनका सस्थापक अध्यक्ष खेमलाल पोखरेल,बर्तमान अध्यक्ष कमलप्रसाद भट्टराई,बरिष्ठ साहित्यकार डा. अन्जना भट्टराई,डा.व्यञ्जना भट्टराई , जीवनहरि शर्मा र साहित्यकारहरु पदमप्रसाद ओली,खगेन्द्र भट्टराई,निर्मला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार ज्ञान बहादुर क्षेत्रीलाई माला र नेपाली ढाका टोपीले स्वागत सम्मान गर्नुका साथै उपस्थित स्रष्टा हरुले रचना वाचन गरेका थिए ।उक्त कार्यक्रममा साहित्यकार क्षेत्रीले आफुले लेखेका कृतिहरुको बारेमा जानकारी गराउदै नेपाल र भारतमा रहेका साहित्यकारहरु बिच समय समयमा यस्ता साहित्यिक भेटघाटले साहित्यको उचाईलाई अझै माथि बडाउने कुरा बताउनु भएको थियो ।
प्रतिकृया