
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एमसीसी जबर्जस्त रुपमा नेपाली जनताको टाउकोमा थोपरिए आफुहरु राँको बन्ने चेतावनी दिनुभएको छ।
आज यहाँ आयोजित राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको आम सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो चेतावनी दिनुभएको हो।

उहाँले अहिले सानो झिल्काे लिएर मात्र निक्लेको भन्दै एमसीसी जबर्जस्त नेपाली जनताको टाउकोमाथि थोपर्न खोजिए यो झिल्को राँको बन्ने छ भन्दै देशको माया हुनेहरु सबै एक हुनुपर्ने बताउनुभयो।
उहाँले विदेशी मालिकको पाउ मोल्न दलालहरु लागिपरेका र तालपरे तिनीहरू परिवार नै लिएर उतै जाने बताउनुभयो। दलाल साम्राज्यवादीहरूसँग मिलेर देश कब्जा गर्ने रणनीतिमा एमसीसी ल्याइएको पनि महासचिव विप्लवले बताउनुभयो। उहाँले आफ्नो देश बचाउन सबै एक ढिक्का भएर उठ्न पनि आव्हान गर्नु भएको छ।

प्रतिकृया