मैदानघोपा। झापाको गौरादह नगरपालिका वडा नम्बर-५ मैदानघोपामा कुकुर सहितको प्रहरी टोली पुगेको छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम स्थलमा कुकर बम राखिएको भनी वाईसिएल नेपाल गौरादहका अध्यक्ष धर्म चौहानले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका कारण सुरक्षाका लागि अनुसन्धान गरको जनाएको छ। प्रहरीले म्याकी र रक नामका दुई कुकुरको सहयोगमा कार्यक्रम स्थलको अनुसन्धान गरको छ।
तर नगर अध्यक्ष चौहानले आज एक स्टाटस लेख्दै आफ्नो फेसबुक आइडी ह्याक भएको जनाएका छन्।
प्रतिकृया