दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले झापाको दमकमा प्रदेश अधिवेशन गर्ने भएको छ। आज दमकमा पत्रकार सम्मेलन गरी प्रदेश संयोजक राम थापाले सोको जानकारी गराउनु भएको हो।
यही २८ गरे हुने प्रथम अधिवेशनको पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा प्रदेश १ का १४ जिल्लाबाट ५ सय ५४ जना प्रतिनिधिले नेतृत्व चयन गर्ने छन्।
यद्यपि पत्रकार सम्मेलनमा थापाले सहमतिबाटै नेतृत्व चयनका लागि पहल गर्ने बताउनुभयो। त्यस्तै उहाँले सहमति जुट्न नसके २८ गते उमेद्वारी दर्ता गर्ने र २९ गते मतदान हुने पनि बताउनुभयो।
अधिवेशनमा पर्यवेक्षकसहित ७०० बढीको सहभागिता रहने पनि थापाले जानकारी दिनुभयो । अधिवेशनबाट प्रदेश हाक्नका लागि अध्यक्षसहित ३५ जना चयन हुनेछन्। पत्रकार सम्मेलनमा विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो।
प्रतिकृया