विराटनगर । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश नम्बर १ को राष्ट्रियसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।
गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।
गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई जसपाबाट उम्मेदवार बनेका थिए ।
प्रतिकृया