दमक। ६ राजनीतिक दलले दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीलाइ ज्ञापन पत्र बुझाएका छन् । १० बुँदे मागसहितको सो ज्ञापन पत्रमा नेपाली कांग्रेसका रोशन विष्ट, नेकपा माओवादी केन्द्रका तिर्थराज बस्नेत, नेकपा माओवादीका दिपेन गोम्देन, जनता समाजवादी पार्टीका भेषराज भट्टराई, संघीय लिम्बुवान मञ्च नेपालका विकास मगर र नेकपा मालेका रुपनारायण न्यौपानेले हस्ताक्षर गरेका छन् ।
ज्ञापन पत्र बुझाउन ६ राजनीतिक दलका नगरदेखि केन्द्र सम्मका नेता कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख ओलीले कोरोना संक्रमणका कारण भोलिदेखि कडा किसिमको लकडाउन लगाइएकाले अवस्था सामान्य भएपछि प्रतिनिधि मुलक ढङ्गले बसेर छलफल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
ज्ञापनपत्रमा जनजिविका, सु–शासन, सामाजिक न्याय सम्बन्धी मागहरु तत्काल पुरा गर्न भनिएको छ । पत्रमार्फत माग पुरा नभए नागरिकका हकहित र अधिकारको रक्षार्थ कडा रुपमा प्रस्तुत हुने चेतावनी पनि इिएको छ ।
प्रतिकृया