काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपालको लागि कुनै पनि ठाउँ नभएको उद्घोष गर्नु भएको छ ।
शनिबार काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो उद्घोष गर्नु भएको हो । उहाँले नेता नेपाललाई आन्दोलन विरोधी र देशद्रोही भन्दै उनलाई पार्टीमा कुनै ठाउँ नभएको बताउनु भएको हो ।
ओलीले भन्नुभयो, “माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै पनि ठाउँ छैन । वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने । आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।”
अध्यक्ष ओलीले माधव नेपालले प्रतिक्रियावादीहरुसँग मिलेर एमाले सरकार ढालेको पनि उल्लेख गर्नुभयो । त्यसैगरी अध्यक्ष ओलीले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने धारणा राख्नुभयो । ओलीले भन्नुभयो, आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदै, आउँदैन । समय कुर्दैन’ । सोहिक्रममा अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दाबी समेत गर्नुभयो ।
प्रतिकृया