काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनुभएको छ ।
आज संसदलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिनुभएको हो । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या होइन हाम्रो हो, फिर्ता लिनुहोस् भन्दै लिननसके अबको एक वर्ष पछि आँफुले फिर्ता लिने दावी गर्नु भयो ।
निक्कै कडा रुपमा प्रस्तुत हुनुभएका ओलीले एमसीसी सम्झौताको विषयमा प्रष्ट धारणा राख्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गर्नु भयो ।
प्रतिकृया