सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राऊ गरेको छ।
गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो ।
खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाएको छ।
पक्राउ परेका राईको घर र कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया