सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तान छोडेको डेढ महिना पुग्न नपाउँदै एकपछि अर्को शहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् ।
तालिबान लडाकुले सत्ता कब्जा गर्ने देखेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । एमसीसी पारित गरिए नेपाल पनि यही हालतमा हुने निश्चित छ।
तालिबानसामु काबुल तीन महीना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।
यतिबेला तालिबानलाई अमेरिकाको भित्री सहयोग रहेको छ । जसको कारण अमेरिकी सेनाले छोड्ने बित्तिकै तालिबान लडाकुले आफ्नो आक्रमण तिव्र बनाएको थियो।
राष्ट्रपति घानी सरकारसामु तालिबानसँग संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने मात्र बाटो थियो । किनकि तालिबानले अफगानिस्तानका ३४ मध्ये कम्तीमा २५ प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ ।
प्रतिकृया