काठमाडौं । आफ्नै पार्टीका अध्यक्षको विरुद्धमा लागेर केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट च्युत गराएका माधव कुमार नेपालले निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ता गराएका छन् ।
एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ताका गरेका हुन् ।
नवगठित पार्टीको चुनाव चिन्ह खुल्ला किताब राखिएको छ । आफ्नो पार्टीको अध्यक्षको नेतृत्वमा रहेको दुई तिहाईको सरकार ढाल्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अहम भूमिका निर्वाह गरेका माधव कुमार नेपालले दल दर्ता गरेसंगै नेकपा एमाले विधिवत रूपमा बिभाजन भएको छ। योसँगै ओली र माधव गुटको राजनीतिको अन्त्य भएको छ ।
प्रतिकृया