दमक। नेपाली कांग्रेसका युवा नेता पर्शुराम रिजाल नेतृत्वको टोलीले विद्युत प्राधिकरण दमकका प्रमुख इन्जिनियर सरोज कुमारको ध्यानाकर्षण गराएको छ । लोडसेडिङ्ग नभएपनि झ्याप्पझ्याप्प लाइन गइरहने गरेकाले विद्यार्थीहरुको अनलाइन पठनपाठनमा समस्या भएको भन्दै रिजालले सो समस्या समाधान गराइ विद्यार्थीको पठनपाठन सहज बनाउन आग्रह गर्नुभयो ।
लामो समयदेखिको लकडाउन र निषेधाज्ञाका कारण विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भइरहेको बेला जसोतसो अनलाईन कक्षा सञ्चालन भइरहेपनि लाइन जाने समस्याले विद्यार्थीहरुको पठनपाठनमा झन समस्या भएकोले अनलाइन कक्षा सञ्चालनको समयमा लाइन कटौति नगर्न अनुरोध समेत गर्नुभयो ।
जबाफमा प्राधिकरणका प्रमुख सरोज कुमारले उर्लाबारीको सबस्टेशन चार्ज गर्न स्थानीयले अवरोध गरेका कारण समस्या भएको र सो सबस्टेशन सुचारु हुने वित्तिकै समस्या समाधान हुने बताउनु भयो । वहाँले सो अबरोध रोक्न सहयोग गर्न पनि अनुरोध गर्नुभयो । त्यस्तै अर्का नेता राजेन्द्र सिटौलाले वडा नम्बर ४ मा विद्युत विस्तारका लागि ६ महिनादेखि पोल माग गरेर निवेदन दिएपनि हालसम्म पनि पोल उपलब्ध नभएकाले सो उपलब्ध गराउँन आग्रह गर्नुभयो ।
सोको जवाफ दिँदै सरोज कुमारले पोल खरिदका लागि टेण्डर लगाइसकेकाले असोज, कार्तिक सम्मपा पोल उपलब्ध गराउँने प्रतिवद्धता जनाउनु भयो । ध्यानाकर्षण गराउने क्रममा कांग्रेस नेता सिटौलासहित, गोर्खा स्पार्टिङ्ग क्लब दमकका अध्यक्ष विजय राई, पूर्व खेलाडी तथा फुट्बल प्रशिक्षक कुमार गिरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया