सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक । माधवकुमार नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले झापाको दमकमा कार्यकर्ता भेलागर्दै पुष्पलाल मित्रता केन्द्र गठन गरेको छ । दमकको सिद्धी मार्केमा आयोजित कार्यक्रममा युवा नेता महेश घिमिरेको अध्यक्षतामा २५ सदस्यीय पुष्पलाल मित्रताकेन्द्र दमक नगर कमिटी गठन गरेको हो ।
गठित कमिटीको उपाध्यक्षमा बिराटजंघ जबेगु , सचिवमा सुमन कार्की, सहसचिवमा अनिलदेब राई र कोषाध्यक्षमा प्रेम भुजेल छन् ।
यस्तै, सदस्यहरुमा चन्द्र थापा, सौरभ भट्टराई, नरेश भण्डारी, युबराज दुलाल, कमल न्यौपाने, ललित माझी, किरण भट्टराई, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाईं, प्रबल भण्डारी, डम्बर आङदेम्बे, खगेन्द्र कार्की, जुलन गजमेर, कल्पना श्रेष्ठ, मन कुमार दर्नाल, राजु भट्टराई, देबिमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी चुनिएका छन् ।
सोही क्रममा सिद्धी मार्केटमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्सको सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ ।
मित्रता केन्द्र झापाका अध्यक्ष एबम् नेकपा (एकीकृत समाजवादी) झापाका सहसचिव मणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मित्रता केन्द्र प्रदेश १ का उपाध्यक्ष एबम् दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै नेता नीलमणि बराल, अखिल फोर्सका केन्द्रीय सह-संयोजक एबम् दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियु सभापति रोशन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया