सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित गाउँ तथा नगर अधिवेशनको नेतृत्व चयन शुरु भएको छ। यसै सिलसिलामा झापाको दमक नगरपालिकाको ८ ओटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेसका युवा नेता दिपेश दाहालले जानकारी दिनुभयो।
उहाँका अनुसार दमकको वडा नम्बर १ र ९ बाहेकमा नेतृत्व चयन भएको हो। वडा नं २ मा भागवत प्रसाद दुलाल, वडा नं ३ मा गोपाल गिरी, वडा नं ४ मा राजेन्द्र प्रसाद सिटौला, वडा नं ५ मा चैतन्य बराल, वडा नं ६ मा मणी बहादुर बुढाथोकी, वडा नं ७ मा अतीत राई, वडा नं ८ मा चन्द्र खत्री र वडा नं १० मा धनश्याम खनाल सभापतिमा निर्विरोध चयन हुनु भएको छ ।
वडा नं १ र ९ मा भने आईतबार निर्वाचन हुने छ । ति वडामा सभापतिका दाबेदारबीच अबेर सम्म पनि सहमति जुट्न सकेन् ।
वडा नं १ मा गजेन्द्र देवान र जीवन सिवाकोटी बिच प्रतिस्पर्धा हुने छ भने वडा नं ९ मा बर्तमान वडा सभापति राजकुमार गौतम , ठाकुरहरी पोखरेल र यूवराज कोईरालाबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने छ ।
प्रतिकृया