पाँचथर । पाँचथरको मिक्लाजुङ गाऊपालिका-२ लक्ष्मीचौकमा ट्याक्टरले किच्दा सह-चालकको मृत्यु भएको छ । मृत्युहुनेमा लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो सँवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउदै प्रदेश नम्वर १-०१-००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्ययाकरका सहचालक अविशेक ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएका थिए। उनको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
प्रतिकृया