सुरुङ्गा। राष्ट्रवादी समाज झापाले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ। उसले झापाको सुरुङ्गामा पुत्ला जलाएको हो।
एमसीसी सम्झौता खारेजीको माग राख्दै आएको उसले देउवाले राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न खोजेको भन्दै सोको बिरोधमा एक कार्यक्रमकाबीच पुत्ला जलाएको सो समाजका सदस्य लिप्सन बास्तोलाले जानकारी दिनुभयो।
कार्यक्रम संयोजक खेम कार्कीको नेतृत्वमा भएको सो कार्यक्रममा राष्ट्रवादी समाज झापाका संयोजक टेकनाथ खनाल, प्रवक्ता नवराज ढकाल, कोषाध्यक्ष मेनुका श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
प्रतिकृया