दमक। झापाको दमकमा जारी दुई दिवसीय शान्ताकला गुरुङ मेमोरियल पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा जित हासिल गर्दै इटहरीका श्याम लामा र पूर्ण बुढाको जोडी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
लामा र बुढाको जोडीले बिराटनगरका बुद्धि दराई र श्रवण चौधरीको जोडिलाई २१-१५ र २१-१० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
अब लामा र बुढाको जोडीले अन्तिम दुई प्रवेशका लागि झापाको कमल गाउँपालिकाका दिवान राई र बिष्णु तामाङको जोडिसँग प्रतिश्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद २० हजारसँगै ट्रफी हात पार्ने छ भने उपविजेताले नगद १० हजार प्राप्त गर्ने छ। त्यस्तै तेश्रो हुने टोलीले नगद ५ हजार प्राप्त गर्नेछ ।
प्रतिकृया