सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। बेलबारीका बिकास श्रेष्ठ र पदम धिमालको जोडीलाई पाखा लगाउँदै झापाको कमल गाउँपालिकाका अभिषेक राई र घनश्याम खनालको जोडी प्रथम शान्ताकला गुरुङ स्मृति कप डबल ब्याडमिन्टन प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
झापाको दमकमा जारी सो प्रतियोगिताको समुह ए बाट अन्तिम दुई प्रवेश गर्ने क्रममा राई र खनालको जोडीले श्रेष्ठ र धिमालको जोडीलाई २२-२० र २१-१३ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
अब राई र खनालको जोडीले उपाधिका लागि श्याम लामा र पूर्ण बुढाको जोडीसँग प्रतिश्पर्धा गर्नेछ। उपाधि विजेताले नगद २० हजार हात पार्ने छ भने उपविजेताले नगद १० हजार प्राप्त गर्ने छ । प्रतियोगितामा झापा, मोरङ र पाँचथरका गरी ३२ टिमको सहभागिता रहेको छ।
प्रतिकृया