बिपी कोइराला, सप्तरी। माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रदेश नं. २ स्तरिय चित्रकला प्रतियोगितामा सप्तरीको डेफोडिल इङलिस स्कुल प्रथम भएको छ।
बैंकले वालदिवसको अवसरमा प्रतियोगिताको आयोजना गरेपनि २१ औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार नतिजा प्रकासित गरेको हो ।
जनहितमा सचेतना जगाउने उद्देश्यले बनाईएको कोरोना महामारीसँग सम्बन्धित चित्रकला बनाउने डेफोडिलकी सोनम झा प्रथम र गरिमा शाह तृतीय भएका हुन।
आयोजकले पुरस्कारमा क्रमिक रुपमा प्रथम विद्यार्थीलाई नगद रु १० हजार, द्वितियलाई ५ हजार र तृतीयलाई ३ हजार राखेको थियो । दुवै छात्रा सप्तरीको कञ्चनरुप नगरपालिका स्थित कन्चनपुरको डेफोडिल इङलिस स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा हुन ।
यसैगरी ईन्टरनेशनल लक्की स्कुलकी छात्रा सन्ध्या झा द्वितीय भएकी हुन । आइतबार आयोजित बार्षिकोत्सबमा उपस्थित अभिभावकहरुले यस्ता प्रतियोगिताले विद्यार्थीको सृजनशीलताको विकास हुने भन्दै आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन बैँकलाई आग्रह गरेका थिए ।
वालदिवसकै दिन कञ्चनरुप नगरपालिकाद्वारा आयोजित नगर स्तरीय बतृत्वकला प्रतियोगितामा समेत डेफोडिल इङलिस स्कुलकै कक्षा ९ मा अध्ययनरत छात्रा अनुदा खातुन प्रथम भएकी थिइन ।
प्रतिकृया