काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ । उपाधिका लागि भारतविरुद्ध नेपाल पौने नौ बजे मैदान उत्रदै छ ।
अन्तिम ११ मा रहेका खेलाडीमा गोलकिपर तथा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशी तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन् ।
मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिनेछन् भने आक्रमण लाइनमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा छन् । नेपाल पहिलो पटक उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ।
प्रतिकृया