 
	                    दमक। झापाको दमकमा यही कार्तिक २ गतेदेखि शुरु हुने मेयर कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। दमक नगर फुटबल समितिका अध्यक्ष मोहन मगर (मीन) का अनुसार २ गतेदेखि शुरु हुने सो प्रतियोगिता संचालन गर्न आवश्यक सबै सामाग्री सहित तयारी पूरा भएको छ।
अघिल्ला वर्षहरुमा वडा स्तरीय फुटबल प्रतियोगिता नाम दिइएको भएपनि यस वर्षदेखि प्रतियोगिताको नाम मेयर कप राखिएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख एघार हजार एक सय एघार तथा उप-विजेताले नगद ५५ हजार पाँच सय पच्पन्न प्राप्त गर्ने छन्।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ६ र ८ आमनेसामने हुनेछन्। प्रतियोगितामा नगरपालिकाको १० वटै वडाका फुटबल टिमको सहभागिता रहने पनि अध्यक्ष मगरले जानकारी दिनुभयो ।
 
                                     
                                     
                                     
                                     
                                     
                                    
प्रतिकृया