सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। नेकपा एमालेको दमक नगरपालिकाको वडा अधिवेशनबाट वडा नम्बर ८ को अध्यक्षमा पुन: खेम बहादुर श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ।
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी पनि सर्वसम्मत चयन गरेको छ। वडा कमिटीको उपाध्यक्षमा हरिमाया चुडाल चयन हुनुभएको छ भने सचिवमा तारानाथ भट्टराई चयन हुनुभएको छ।
त्यस्तै उप-सचिवमा प्रकाश रिजाल र युवराज आचार्य चयन हुनुभएको छ। सदस्यहरूमा पार्वती खतिवडा पौडेल, सीता उप्रेती, झलक दुलाल, सुमित्रा मुरमु, तुलसादेवी थपलिया, रोमा उप्रेती, शुभद्रा कोईराला, दिया पाठक, डिल्लीराज आचार्य, उपेन राई, ममता रसाईली, प्रकाश गहतराज, रमेशकुमार रिजाल, जनार्दन सिटौला, महेन्द्र दुलाल, डिल्लीराम बिष्ट, गोपिचन्द्र चौलागाई, भगिरथ बास्तोला, रमेश खत्री दाहाल, महेन्द्र बराल, राजकुमार दाहाल, भवानी प्रसाद चापागाई, दधिराम पौडेल लगायत छन्।
अधिवेशन लिला दाहाल ढुंगेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोहिक्रममा ३६ जना नगर प्रतिनिधि पनि चयन गरेको नगर प्रतिनिधि सुजन खरेलले जानकारी दिनुभयो ।
प्रतिकृया