वी.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा नेपाली कांग्रेसले वडा नं. १ को पार्टी कार्यालय स्थापना गरेको छ ।
आगामी चाडपर्व र सामाजिक कार्यलाई निरन्तरता दिनका लागि नेपाली काग्रेसले फत्तेपुरको शहिद रंगशाला प्रवेशद्वार नजिकै रहेको भवनमा पार्टी कार्यालय स्थापना गरेको हो ।
वडा नं. १ का वडा सभापति रोहीत कटुवालको अध्यक्षतामा बसेको बैठकले आगामी १३ गते चियापान एवम् शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै सभापति कटुवालले नेपाली कांग्रेस र वी.पी.को मार्गलाई अनुसरण गर्दै अघि बढ्ने बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै नेता रोहीणी पोखरेलले आगामी कार्यक्रममा वडा नं. १ का ज्येष्ठ नागरिक दान बहादुर थापालाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यसैबीच कार्यक्रममा सहभागि कांग्रेसका नेताहरु अशोक चौधरी, कृष्ण ढकाल, रमेश कार्की, अशोक कार्की लगायतले एकजुट भएर बिधान र सिद्धान्तको अनुशरण गर्दै अघि बढ्ने बताउनुभयो ।
प्रतिकृया