मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका-४ दुलारी स्थित पुर्व-पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्युको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेकाे प्रहरीले जनाएको छ । हिजो बेलुका पौने ६ बजे पश्चिम आउँदै गरेको BR 50 GA 0306 नम्बरको भारतीय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेका छन भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।
प्रतिकृया