सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै न्युजिल्यान्ड विजयी भएको छ। उसले इण्डिया विरुद्ध ८ विकेटको जित हासिल गर्यो । इण्डियाले प्रस्तुत गरेको एक सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा पुरा गर्यो ।
उसको जितमा डार्यल मित्सेलले सर्वाधिक ४९ रनको योगदान दिए भने मार्टिन गुप्टिलले २० रनको योगदान दिए। कप्तान केन विलियम्सनले अविजित ३३ रनको योगदान दिए । बलिङतर्फ इण्डियाका जसप्रित बुम्रले २ विकेट लिए ।
यसअघि दुबईमा हारेर ब्याटिङ गरेको इण्डियाले न्युजिल्याण्ड सामु जितका लागि एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
उसका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। इण्डियाले पुरै ओभर खेले पनि ७ विकेटको क्षतिमा मात्र एक सय १० रन बनाएको थियो।
उसका लागि रविन्द्र जडेजाले सर्वाधिक अविजित २६ रनको योगदान दिए भने हार्दिक पाण्डे २३, ओपनर केएल राहुल १८, रोहित शर्मा १४ तथा रिसव पन्त १२ रनमा आउट हुँदा कप्तान विराट कोहली ९ रनमा पेबेलियन फर्किए । जितसँगै न्युजिल्याण्डले पहिलो जित निकाल्दै २ अंक जोडेको छ भने इण्डिया दोश्रो खेलमा पनि पराजित भएको छ । पराजयसँगै उ कठिन मोडमा पुगेको छ।
बलिङतर्फ ट्रेन्ट बोल्टले ३, इस सोधिले २ तथा टिम सौथी र एडम मिल्नेले एक/एक विकेट लिए।
प्रतिकृया