दमक। दुबईमा सम्पन्न ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ। उसले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
टस हारेर ब्याटिङ गरेको न्युजिल्याण्डले कप्तान केन विलियम्सले सर्वाधिक ८५ रनको योगदान दिएसँगै अष्ट्रेलियासामु जितका लागि एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। अष्ट्रेलियाले सो लक्ष्य खेल सकिन ७ बल अगावै पुरा गर्यो।
उसको जितमा मित्सेल मार्शले अविजित ७७ र ग्लेन म्याक्सवेलले अविजित २८ तथा ओपनर डेविड वार्नरले ५३ रनको योगदान दिए।
प्रतिकृया