सुनसरी । सुनसरीको गढी गाउँपालिका-६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमड रहेको प्रहरीले जनाएको छ ।
आईतवार अपरान्ह ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगिएकोमा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिकृया