सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा आन्दोलनरत विप्लव नेतृत्वको नेकपाले झापामा विशाल राँके जुलुससहित कोण सभा गरेको छ।
जिल्ला कार्यालय सचिव सँजय राई, दमक नगर इन्चार्ज सुबास राई, गौरादह इन्चार्ज बिज्ञान लगायतको उपस्थितिमा उसले झापाको दमकमा राँके जुलुससहित कोण सभा गरेको हो।
दमकको गोर्खा डिपार्टमेन्टबाट राँको बालेर विरोध प्रदर्शनमा उत्रिएका उनिहरुले डाँफे मुनाल चोक पुगेर कोणसभा गरेका थिए ।
कोणसभालाई कार्यालय सचिव राईले सम्बोधन गर्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन सरकारसँग माग गरे ।
उनले मुल्य बृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताए। सचिव राईले भोलिको नेपाल बन्द सफल पार्न सबैमा अनुरोध समेत गरेका छन्।
सो क्रममा उपस्थित नेता कार्यकर्ताहरुले मुल्य बृद्धि बिरुद्ध विभिन्न नाराबाजी गरेका थिए। विप्लव नेतृत्वको नेकपाले मुल्य बृद्धिको विरोधमा भोलि नेपाल बन्दको घोषणा गरेको छ।
प्रतिकृया