सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
गौरादह । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को मतदान सकिएको छ। ३ सय ६३ मतदाता रहेकोमा निर्वाचनमा ३ सय ६१ मत खसेको छ ।
निर्वाचनमा गौरिगंज- ६ का चमरलाल यादब मात्र अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। एक जना मतदाताको भने मृत्यु भएको थियो। सो निर्वाचन क्षेत्रमा जीवन कुमार राई र ज्ञानेन्द्र खत्री आ-आफ्नो प्यानल बनाएर चुनावी मैदानमा छन्।
राईको प्यानलमा उप-सभापतिमा पदम कुमार ढुङ्गाना र टंक बहादुर कार्की, सचिवमा भिम अधिकारी र हेमचन्द्र घिमिरे, सह-सचिवमा राम बहादुर ढुङ्गाना र दोणचार्य दाहाल छन्।
त्यस्तै खत्रीको प्यानलमा उप-सभापतिमा होम गौतम र आत्माराम राजबंशी, सचिवमा भिम अधिकारी र लय बराल, सह-सचिवमा राम बहादुर ढुङ्गाना र इन्दिरा बिष्ट छन् ।
सचिवमा भिम अधिकारी र सह-सचिवमा राम बहादुर ढुङ्गानालाई दुबै प्यानलले उमेद्वार बनाएका छन्।
प्रतिकृया