झापा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले झापामा ८ औँ पार्टी पुनर्गठन दिवस विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ।
जिल्लाको आयोजनामा शिवसताक्षी स्थित दुधेमा दिउँसो भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरूबीच शुभकामना आदान-प्रदान र चियापान समारोह गरेको थियोे भने साँझ दमक चोकमा दिप प्रज्वलन गरेको थियो ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज सुमन लिम्बू , पार्टी केन्द्रीय सदस्य एवम् पाँचथर /ताप्लेजुङ इन्चार्ज जाेखिम, पार्टीका जिल्ला सचिव प्रशान्त , कार्यालय सचिव सञ्जय राई, गौरादह इन्चार्ज विज्ञान लगायत नेता, कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेको थियोे ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै जिल्ला इन्चार्ज लिम्बूले पार्टी पुनर्गठनको औचित्य शानदार रुपले पुष्टि भएको उद्घोष गरे ।
१० वर्षे महान् जनयुद्धकाे उपलब्धिलाई प्रचण्डहरूले गद्दार गरेको र क्रान्तिकारी पार्टीलाई घोर दक्षिणपन्थी संशोधनवादी बनाएकोले विद्रोह गर्नुपरेको उल्लेख गर्दै नेता लिम्बूले जनमतसंग्रह र वैज्ञानिक समाजवादी व्यवस्था नै अबको विकल्प रहेको उल्लेख गरे। सहिद तथा घाइते ,अपांग योद्धाहरूलाई सम्झँदै उनले जनताको सपना पूरा गरेरै छाड्ने उल्लेख गरे।
जिल्ला सचिव प्रशान्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले शुभकामना आदानप्रदान गरेका थिए। नेकपाले झापाको दमक , मेचीनगर, भद्रपुर लगायतका स्थानमा दिप प्रज्वलन गर्दै पार्टी पुनर्गठन दिवस सम्पन्न गरेको सो पार्टीले जनाएको छ।
प्रतिकृया