आइतबार झापाको दमक-७ स्थित पञ्चमुखी सडकमा “सुकुम्बासी समस्या र समाधान” बिषयक सडक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो चेतावनी दिएका हुन्।

प्रमुख अतिथि पुनले दलाल पुजीवाद र संसदीय व्यवस्था रहेसम्म सुकुम्बासी समस्याको समाधान नहुने भन्दै व्यवस्था परिवर्तनकाे आवश्यकता रहेको धारणा समेत राखे ।

उनले देशमा सुकुम्बासी समस्या समाधानका लागि मेचीमहाकाली अभियान सञ्चालन गर्दैगर्दा राज्यले आफुहरूलाई प्रतिबन्ध देखि जेलसम्म पुर्‍याउने षड्यन्त्र गरेको र अन्त्यमा केपी ओलीहरूले बाध्य भएर आफैँ प्रतिबन्ध फुकुवा गरेकाे बताए ।

अध्यक्ष पुनले सुकुम्बासीको घर भत्काउन काेहि आए त्यसको पार्टीले सशक्त प्रतिरोध गरेको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टी सुकुम्बासी माथि दमन गर्न काेहि आए टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए।

दश वर्षे सशस्त्र जनयुद्धलाई प्रचण्ड, बाबुरामले धाेका दिएकै कारण विप्लवकाे नेतृत्वमा अर्को संघर्ष गर्नुपरेको बताउँदै नेता पुनले बन्दुक बाेक्ने रहर नभएको तर गरिब , सुकुम्बासीमाथि सेना प्रहरी लगाएर पुजीवादीहरूले बन्दुककाे बल देखाए त्यसको प्रतिरोध गर्न तयार रहेको बताए ।

निकै आक्रमक रूपमा प्रस्तुत भएका अध्यक्ष पुनले सुकुम्बासी समस्या समाधान आयोगका नाममा संसदीय दलका नेताहरूले कार्यकर्ता भर्तिकेन्द्र खाेलेकाे आरोप लगाउँदै पटक-पटक जनता झुक्याउँदै भाेट माग्न आउनेलाई यसपटक प्रतिकार गर्न समेत सुकुम्बासीलाई अपिल गरे ।

कार्यक्रममा जिल्लाका विभित्र पार्टीका नेतृत्वहरूलाई निमन्त्रणा गरेपनि काङ्ग्रेस , एमाले, राप्रपा लगायतका केही दलका प्रतिनिहरू अनुपस्थित रहेका थिए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बू , केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंह पाैडेल, झापा जिल्ला सचिव प्रशान्त, कार्यालय सचिव सञ्जय राई, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की , ह्याप्पि नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ , नेपाल महिला एकता समाजकी अध्यक्ष शान्ता लावर, लिम्बुवान राष्ट्रिय लोकतान्त्रिक मञ्चका नेता पदम बेगा, माओवादी कम्युनिस्ट पार्टीका जिल्ला नेता दिपेन तामाङ माओवादी केन्द्रका नेता लालसुन्दर राई, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् झापा जिल्ला संयोजक प्रविण विद्रोही लगायतको उपस्थिति रहेको थियोे ।