सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको केर्खामा मंगोल नेशनल अर्गनाइजेशनका प्रसिडेन्ट बुद्धिलाल मेचे आउने भएका छन् । जिल्लाको १४ औं अधिवेशनलाई सम्बोधन गर्न शनिबार मेचे केर्खा आउन लागेका अधिवेशन आयोजना सभाका संयोजक लासिम हाङ्ग मंगोलले जानकारी दिए ।
संयोजक मंगोलका अनुसार सो अधिवेशनलाई संगठनका केन्द्रिय सचिव संतोष तामाङ्ग, केन्द्रीय प्रवक्ता दिलिप धिमाल, केन्द्रिय अनुशासन सभाका संयोजक गणेश चाम्लिङ्ग, केन्द्रिय सदस्यहरु सान बहादुर मेचे, श्याम लिम्बु र प्रदेश नम्बर १ का अध्यक्ष भाष्कर चाम्लिङ्ग लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
संयोजक मंगोलले शुभदिनसँगको कुराकानीमा लोकतन्त्र देखाउने दाह्रा मात्र भएको भन्दै लोकतन्त्र पूर्णरुपमा लागू गर्न र देशलाई सम्मृद्ध र शान्ति बनाउन मंगोल नेशनल अर्गनाइजेशन लागि परेको बताए । उनले स्थापना कालदेखि नै लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तिय सरकार हुनुपर्छ भन्ने आवाज आँफूहरुले उठाउँदै आएको भन्दै वर्ण विभेदको अन्त्य हुनुपर्ने बताए ।
उनले २० प्रतिशत खस आर्यलाई पनि अधिकार दिनुपर्ने र ८० प्रतिशत मंगोललाई पनि अधिकार दिनुपर्छ, समानता, भातृत्व, स्वतन्त्रता हुनुपर्छ भन्दै अधिकारको कुरा गर्दा राष्ट्रिय संचार माध्यमहरुले अदेखा गर्ने गरेको र सम्प्रेषण गरिहाले पनि त्यसलाई गलत ढंगले प्रचार गरेको उल्लेख गरे ।
उनले यसैगरी गलत व्याख्या गरे त्यस्ता राष्ट्रिय मिडियाहरुलाई बहिष्कार गर्ने चेतावनी समेत दिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पनि उनले बताए । अधिवेशन कमल–३ स्थित केर्खा खेल मैदानमा हुनेछ ।
प्रतिकृया