सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
जनकपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदामा बस्नु भनेको नमानेका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नु परेको बताएका छन् । आइतबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
उनले संवैधानिक बाटोबाटै न्यायालयमा देखिएको अराजकता अन्त्य गर्न प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्नु परेको धारणा समेत राखे ।
उनले महाभियोग प्रस्तावमा सत्तारुढ सबै दलको सहमति रहेको दाबी समेत गरे।
प्रतिकृया