काठमाडौं । प्रदर्शनकारीमाथि पानीको फोहोरा फाल्ने गाडी संसद भवन परिसरभित्र राखिएको छ । नेपाल प्रहरीको उक्त गाडी संसद भवनको पार्क क्षेत्रमा राखिएको हो ।
बुधबारको दिन एमसीसीको विरोधमा संसद भवन अगाडिको सडकमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो ।
प्रदर्शन आज पनि हुन सक्ने अनुमानमा संसद भवन परिसर वरपर प्रहरीको तैनाथी बढाइएको छ ।
प्रतिकृया