सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाण्डौं। नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको विरोधका बाबजुद संसदबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ। नेपालीसँग बिबाह गरेर आउँनेलाई बिबाह लगत्तै नागरिकता दिनु राष्ट्रघात हुने भन्दै एमाले, जनमोर्चा र मजदुर किसान पार्टीका साँसदहरुले चर्को विरोध गरेका थिए । यद्यपि सत्ता गठबन्धनले भने सो को बेवास्ता गर्दै राष्ट्रियतासँग जोडिएको विषय भएपनि यसलाई हलुका रुपमा लिएर पास गरेका छन् । यसले मुलुक सिक्किमिकरणको दिशातर्फ लाने गठबन्धनको तयारी रहेको कतिपयको बुझाइ छ ।
भारतमा नेपाली चेलीले विबाह गरेर गएको सात बर्षमा मात्र कार्ड पाउने प्राबधान छ । तर नेपालमा भने बिबाह लगत्तै नागरिकता दिनुपर्ने प्राबधान ल्याउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शुक्रबार बसेको संघीय प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको हो। छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो।
नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लाेकतान्त्रिक समाजवादी पार्टी उभिए। नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा बसे।
यसअघि राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन्।
प्रतिकृया