सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
साफ यू- २० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई चार शुन्य गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो ।
माल्दिभ्सविरुद्ध दबदबापूर्ण खेल खेलेको नेपालले ४२ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि दिपेश गुरुङले खाता खोलेका थिए । त्यसपछि पहिलो हाफमा एक शुन्यको अग्रता लिएको नेपालले दाश्रो हाफमा थप उत्कृष्ट प्रदर्शन गरेको थियो ।
नेपालले खेलको ५८ औं मिनेटमा सुगम सुवालको गोलबाट अग्रता दोब्बर बनायो । खेलको ६२ औं मिनेटमा कृतिस रत्न छुन्जुले पेनाल्टीमा शान्दार गोल गर्दै खेललाई तीन शुन्यको अबस्थामा पुरर्याएका थिए ।
कप्तान आयुस घलानलाई फल गरेपछि पाएको पेनाल्टीमा छुन्जुले गोल गरेका थिए । त्यसपछि इन्जुरी समयमा मनग्य नकर्मीले गोल थप्दै खेलमा नेपाललाई चार शुन्यको जित दिलाए। जितसँगै नेपालले महत्वपूर्ण ३ अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै आइतबार भारतसँग र अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।
प्रतिकृया