काठमाण्डाै / गएको वैशाख ३० गते सम्पन्न प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षमा नेकपा एमालेले सबैभन्दा धेरै मत पाएकाे छ । निर्वाचन आयोगले आज मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार एमालेले नगरपालिकाकाे मेयरमा २३ लाख ४८ हजार सात सय नाै र उपमेयरमा २२ लाख ७० हजार तीन सय २४ मत पाएकाे छ । यस्तै एमालेले गाउँपालिका अध्यक्षमा १४ लाख ७२ हजार नाै सय ५९ र उपाध्यक्षमा १४ लाख ११ हजार एक सय ७४ मत पाएकाे छ ।
दाेस्राे स्थानमा रहेकाे नेपाली कांग्रेसले नगरपालिकाकाे मेयरमा २२ लाख ७९ हजार तीन सय ६३ र उपमेयरमा १५ लाख १५ हजार तीन सय ९८ मत पाएकाे छ । यस्तै कांग्रेसले गाउँपालिका अध्यक्षमा १४ लाख ६७ हजार तीन सय ८८ र उपाध्यक्षमा १२ लाख ७१ हजार ५० मत पाएकाे छ ।
तेस्राे स्थानमा रहेकाे नेकपा माओवादी केन्द्रले नगरपालिकाकाे मेयरमा ६ लाख २७ हजार ६ सय ९३ र उपमेयरमा नाै लाख ४९ हजार आठ सय ५८ मत पाएकाे छ । यस्तै माओवादीले गाउँपालिका अध्यक्षमा सात लाख १० हजार दुई सय १२ र उपाध्यक्षमा सात लाख ४६ हजार पाँच सय ४० मत पाएकाे छ ।
यस्ताे छ विवरण–shuvadin.com/…/2022/07/प्रमुख-उप्रमुख.pdf
प्रतिकृया