काठमाडौं। नेपालमा अब आमा वा बाबुमध्ये एकको थर र ठेगाना रोजेर नागरिकता लिन पाइने भएको छ । संघीय संसदको दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित नागरिकता ऐन संशोधन विधेयकले नागरिकता लिने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगानामध्ये एक रोज्न पाउने अधिकार प्रदान गरेको छ ।
सरकारले २४ असारमा ल्याएको विधेयकमा यस्तो प्रावधान थिएन । तर सांसदहरुले हालेको संशोधनका आधारमा सरकारले सन्तानलाई नै आमा वा बाबुमध्ये एउटाको थर र ठेगाना रोज्ने अधिकार दिने व्यवस्था थप गरेको हो ।
नयाँ व्यवस्था थपेर ‘पहिचानसहितको नागरिकता दिने’ सम्बन्धी प्रावधान राखिएको छ । जहाँ ‘यस ऐन बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिलाई आमा वा बाबुको थर र ठेगाना मध्ये निजले रोजेको थर र ठेगाना उल्लेख गरी नागरिकता दिन सकिनेछ’, भनी लेखिएको छ ।
यो प्रावधान अनुसार कुनै पनि दम्पतीका दुई सान्तान वा त्यस भन्दा बढी छन् भने उनीहरुले कसैले आमको थर र ठेगाना कसैले बाबुको थर र ठेगाना पनि राख्न सक्छन् ।
प्रतिकृया