सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाडौं । नेपाली कांग्रेसकी सांसद् पार्वता डिसी चौधरीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई गठबन्धन ताेड्न आग्रह गर्नुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद् चाैधरीले कांग्रेस-माओवादीको चुनावी गठबन्धन अपवित्र रहेको भन्दै त्यो तोडेर मात्र चुनावमा सहभागी हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयाे ।
‘माओवादी र कांग्रेसको अपवित्र चुनावी गठबन्धनले न त देशको हित गर्छ न त पार्टीको हित गर्छ, यसले दुवै पार्टीलाई भलो गर्दैन, यो अपवित्र गठबन्धन गर्नु जनताप्रति बेइमानी पनि हो, त्यसैले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई हार्दिक अनुरोध गर्न चाहान्छु – कांग्रेसलाई जोगाउन यो गठबन्धन तोडेर एक्लै चुनावमा जानुपर्छ, हिम्मत गर्नुस्, आँट गर्नुस्,जीवनको अन्तिम समयमा आएर एउटा राम्रो काम गर्नुस्’- चाैधरीले भन्नुभयाे । एक्लै चुनाव लडेर बहुमत ल्याउने आँट कांग्रेसले गर्नुपर्ने पनि सांसद् चाैधरीले बताउनुभयाे ।
प्रतिकृया