सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
काठमाण्डौं। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ३३ परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मुलुकभरमा ५ हजार ८ सय ३७ जनाको पिसिआर परीक्षणबाट एक हजार ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २ सय ९६ जनाको एन्टिजेन परीक्षणबाट ८ सय एक जनामा संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार एक सय ९८ पुगेको छ। अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४ दशमलव ३ प्रतिशत छ।
प्रतिकृया