गौरिगञ्ज। गौरिगञ्ज गाउँपालिकाको मूलगेटमै बाल विकास शिक्षक तथा कर्मचारीहरू धर्नामा बसेका छन् । सरकारले घोषणा गरे अनुसारको तलब भत्ता बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीलाई उपलब्ध गराउन गौरिगञ्ज गाउँपालिकाले सम्बोधन नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।
उनीहरु गाउँपालिकाको मुल गेटमै विहान १० बजेदेखि नै धर्नामा बसेका हुन् । उनीहरुले आफ्ना माग पुरा गर्नुपर्ने भन्दै सोहि स्थानमा कोण सभा समेत गरेका छन् । सो क्रममा मन्तव्य राख्नेसबैले संघीय सरकाले घोषणा गरेअनुसारको सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताएका छन् ।
केहिबेरपछि फेरी दोश्रो चरणको मन्तव्यको कार्यक्रम राख्ने भन्दै अहिले मन्तव्य राख्ने पहिलो चरणको कार्यक्रम समापन गरिएको छ ।उनीहरूको धर्ना कार्यक्रमलाई पेशागत संघ संगठनहरूले पनि साथ दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले माग पूरा नगरे आन्दोनमा उत्रिने चेतावनी दिएका थिए ।
गाउँपालिकाले नवौ गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको माग सम्बोधन गरोस भनेर असार १० मा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार स्थानिय सरकारले बजेट विनियोजन गर्न माग गरेका हुन् । आन्दोलित शिक्षक तथा कर्मचारीहरुले माग सम्बोधन नभए अझ शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
प्रतिकृया