मोरङ/ मोरङको बिराटनगर महानगरपालिका-५ पृथ्वी चोकमा भाईले दाजुको हत्या गरेका छन् । ३१ बर्षीय साजन सिंहले ४२ बर्षिय दाजु भोला सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हिजो राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाईते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृतक मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन्। अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए। आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि केही दिनअघि मात्रै विराटनगरस्थित घरमा पुगेको राष्ट्रिय अनुसन्धान खोटाङका प्रमुख हीरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भोला खोटाङ फर्किने तयारीमा थिए।
पारिवारिक स्रोतका अनुसार भोलाले एम्बुलेन्समा चढेर शुक्रबार बिहान कार्यक्षेत्र फर्किन खोजेका थिए। प्रहरीका अनुसार खोटाङ जाने एम्बुलेन्स पनि खोजेर ठिक्क पारेका भोलाले अन्तिम समयमा एम्बुलेन्सले नभ्याएपछि घरमै रोकिनु परेको थियो। उनका दुई छोरा र श्रीमती छन्।
प्रतिकृया