काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो।
राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए।
प्रधानन्याधीस चोलेन्द्रशमशेर राणाको नेतृत्वमा सोमबार बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई बदर गरेको हो । यसका साथै इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।
सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । र आजको मितिले ७ दिन भित्रमा संसद आह्वान गर्न पनि निर्देशन दिएको छ भने सांसदलाई दलीय कारबाही नगर्न पनि परमादेश जारी गरिएको छ ।
प्रतिकृया